‘कांग्रेसले बाचा गरेको कुरा पूरा गर्छ’

सहयात्रा टिभी

तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार शंकर भण्डारी कांग्रेसले नागरिकसँग गरेका वाचा पूरा गर्ने दावी गरेका छन् ।

तनहुँको राइपुरस्थित भुसनापुरमा आयोजित चुनावीसभालाई मंगलबार सम्वोद गर्दै नेता भण्डारीले नेपालमा भएका अहिलेसम्मका उपलब्धी नेपाली कांग्रेसको अगुवाइमा भएको दावी गरे । उनले नेपाली कांग्रेस देश र नागरिकको आर्थिक समृद्धिका लागि सधैं चिन्तित रहने बताए । उनले भने–‘हामी सक्ने कुरा मात्र होल्छौ तर, काम गरेर देखाउँछौं । कम्युनिष्टहरुले जस्तो ढाँट्दैनौं ।’

२०४६ साल पछि चार पटक एमालेलाई जिताउँदा पनि देश विकासको नाममा सिन्को नभाँचिएको बताउँदै उनले यस पटक कांग्रेस उम्मेद्वारलाई जिताउन आग्रह गरे । सो अवसरमा बोल्दै प्रदेश नम्बरका उम्मेद्वार प्रदीप पौडेलले यो मुलुकको भविष्य काग्रेससंग जोडिएको हुँदा यस पटकको निर्वाचनमा काग्रेसलाई जिताउनुपर्नेमा जोड दिएका थिए । त्यस्तै कम्युनिष्टहरुले जितेमा मुलुक अधिनायकवाद तर्फ उन्मुख हुने समेत पौडेलको भनाई रहेको थियो । चुनावी प्रचार कार्यक्रममा समानुपातिक उम्मेदवारद्धय श्यामकुमार मल्ल, सरिता गुरुङ, क्षेत्रीय सभापति किसान गुरुङ, विष्णु मल्ललगायतले बोलेका थिए ।

प्रकाशित : 21 November, 2017

प्रतिक्रिया दिनुहोस्