धेरै मोटी हुनु भो ? स्तनको ख्याल गर्नुस्

सहयात्रा टिभी

मोटी र बढी तौल भएका महिलाहरुमा स्तन क्यान्सरको गाँठो पत्ता कठिन र धेरै लाग्न समय लाग्ने एक अध्ययनले देखाएको छ । यस्ता महिलाहरुमा जब गाँठो निकै ठूलो हुन्छ त्यतिबेला मात्र क्यान्सर लागेको थाहा हुने गर्दछ । यो अवस्था उपचारका लागि ढिला भइसकेको अवस्था हो । यो कुरा स्वीडेनका शोधकर्ताहरुले गरेको एउटा अध्ययनबाट खुलासा भएको हो ।

शोधकर्ताहरुका अनुसार मोटी महिलाहरुको स्तन क्यान्सर पत्ता लगाउनका लागि कम समयको अन्तरालमा जाँच (मैमोग्राफ) गराइरहनु पर्दछ । यसो गर्दा समयमै गाँठो पत्ता लगाउन सकिने र समयमै उपचार सम्भव हुनेछ । यद्यपि विशेषज्ञहरुले यो अध्ययनको पुष्टिका लागि थप सबुत चाहिने बताएका छन् ।

बेलायतमा ५० देखि ७० वर्ष उमेर समूहका महिलाहरुलाई हरेक तीन महिनामा स्क्रिनिङका लागि बोलाउने गरिन्छ । उदाहरणका लागि यो यस्ता महिला हुन्छन् जसको परिवारमा स्तन क्यान्सरको इतिहास रहने गरेको छ । बढी तौल भएका कारण महिलाहरुलाई स्तन क्यान्सरको खतरा बढी रहने गर्दछ । तर, अहिलेसम्म यस आधारमा स्क्रिनिङको अन्तराललाई तय गरिँदैछ ।

द करोलिङकसा इन्ष्टिच्युटको यो अध्ययनमा तीन २०१२ महिलालाई सामेल गरियो, जसलाई २००१ देखि २००८ का बीचमा स्तन क्यान्सर भएको थियो । यी महिलाहरु हरेक १८ महिनादेखि दुई वर्षको बीचमा मेमोग्राफम गराउँदै आएका थिए । स्वीडेनमा यो अन्तराललाई मानक मानिएको छ । शोधकर्ताहरुले उपचारका क्रममा गाँठोको आकार र महिलाको शरीरको मासु इन्डेक्स (मोटोपनको स्तर) को अध्ययन गरेका थिए । टीमले बढी तौल भएका महिलाहरुमा मैमोग्राम जाँचको समय गाँठोको बारेमा थाहा पाएको थियो । अध्ययनको अगुवाई गरिरहेका फ्रेड्रिक स्टैन्डले भनेका छन्–यस्तो शायद यसक कारण भयो, किनभने मोटी महिलाको स्तन बढी ठूलो थियो । त्यसैले गाँठो पत्ता लगाउन मुश्किल थियो, वा फेरि उनीहरुमा गाँठो तीब्रताका साथ विकसित भयो । ठूलो भइसकेको गाँठोका बारेमा पूर्वानुमान लगाउन सजिलो हुँदैन ।

भन्छन्–अध्ययनको नतिजाले स्पष्ट गर्दछ कि जब डाक्टर विरामीलाई स्तन क्यान्सरका बारेमा बताउँछन् तब त्यतिबेला शरीरको मासु इन्डेक्सका अवश्य ध्यान दिन आवश्यक छ । उनका अनुसार अध्ययनले यो पनि देखाएको छ कि अधिक मासु इन्डेक्स भएका महिलाहरुले चाँडोचाँडो अवधिमा स्क्रिनिङ गर्नु जरुरी छ । तर, बेलायतको क्यान्सर रिसर्चर सोफिया लाज भन्छिन्–यो अध्ययनले स्क्रिनिङ अन्तरालका बारेमा पर्याप्त तथ्य उपलव्ध गराउँदैन । उनी भन्छिन्–स्क्रिनिङको पनि हानी र फाइदा दुवै छन् । उनका अनुसार कम उमेरमा क्यान्सरको पहिचान गर्दा यो प्रविधि सहयोगी हुनेछ ।

तर, यो गराउने यस्ता महिला पनि समावेश छन् जसको परिवारमा कुनै इतिहास नभएका पनि उनीहरुमा रोग पाइएको छ । उनी भन्छिन् कि स्क्रीनिङको अन्तराललाई यसरी तय गरिन्छ कि हानीको तुलनामा लाभ बढी होस् । एजेन्सी

प्रकाशित : 22 November, 2017

प्रतिक्रिया दिनुहोस्