ट्रकको ठक्करबाट दुई जनाको ज्यान गयो

सहयात्रा टिभी

इलाम । मेची राजमार्गको फिक्कल खण्डमा बुधबार ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको ज्यान गएको छ ।
झापाबाट इलामतर्फ गईरहेको मे १ ख १९४२ नम्बरको ट्रकले र झापातर्फ आईरहेको ग १२ प ४८३ नम्बरको मोटरसाइकललाई फिक्क लबजारको शिखर होटल अगाडि ठक्कर दिंदा ठक्करबाट तनहुँ ब्यास नगरपालिका–१ का २७ वर्षीय मोटरसाइकल चालक शरद पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।

गम्भीर घाइते इलाम देउमाई नगरपालिका– ५ की २५ वर्षीय अस्मिता राईको झापास्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलामका प्रहरी हवल्दार विजय राईले जानकारी दिए । ट्रक चालक लवाङ्ग लामा र गाडी नियन्त्रणमा लिइएको छ ।

प्रकाशित : 22 November, 2017

प्रतिक्रिया दिनुहोस्