‘सुपर गोर्खे’ को पोष्टर रिलिज

सहयात्रा टिभी

निर्माणको तयारीमा रहेको चलचित्र ‘सुपर गोर्खे’ को पोष्टर रिलिज भएको छ । नायिका ऋचासिंह ठकुरीले निर्माण तथा अभिनय रहने ‘सुपर गोर्खे’ आउँदो मंसिर २९ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा समावेश रोमान्टिक गीतको भिडियो यसअघि नै रिलिज भइसकेको छ । निर्मात्री ठकुरीले साइत हेराएरै चलचित्रको पोष्टर रिलिज गरेको बताएकी छिन् ।

बिहीबार बिहान सवा ११ बजेको साइतमा चलचित्रको पोष्टर रिलिज गरिएको छ । चलचित्रको फस्टलुकमा गुड, ब्याड र अग्ली म्यानलाई प्रस्तुत गरिएको छ । राज थापाले निर्देशन गरेको यो चलचित्रले दैवीशक्ति विना नै समाजका शक्तिशाली मानिसहरुको कथालाई उठान गरिएको जनाइएको छ ।

चलचित्रको कथा अनुसार, समाजका केही शक्तिशाली मानिसहरुलाई सम्मान गर्ने कार्यक्रम पनि चाँडै आयोजना गरिने निर्माण पक्षको भनाई छ । चलचित्रमा ताराप्रकाश लिम्बूको संगीत, सौरभ लामाको छायांकन रहेको छ । चलचित्रमा सुरजसिंह ठकुरी, निराज लुईंटेल, भूपेन्द्र खत्री, सचिन केसीलगायतका कलाकारले अभिनय गर्नेछन् ।

प्रकाशित : 23 November, 2017

प्रतिक्रिया दिनुहोस्