नेपाल बन्द हल्ला मात्रै : नेकपा
सहयात्रा टिभी
काठमाडौं । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज गर्ने भनेको नेपाल बन्द हल्ला मात्रै भएको जनाएको छ । यतिवेला काठमाडौं उपत्यकामा सामान्य रुपमा गाडी चलिरहेको ट्राफिक प्रहरीले बताएको छ ।
त्यस्तै, उपत्यका भित्रने र बाहिरिने गाडी भने हिजोअस्तिको तुलनामा कम चलेको मुख्य नाका नागढुंगाले जनाएको छ ।
नेपाल बन्द भनेका छैनौँ – नेकपा
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार नेपाल बन्द आह्वान नगरेको जनाएको छ । शुक्रबार बन्द भन्दै देशभर हल्ला भएपछि विप्लव समूहले नेपाल बन्द नरहेको प्रष्ट पारेको हो ।