धादिङमा कांग्रेस कायकर्ता गाउँ समितिका संयोजकमाथि आक्रमण
सहयात्रा टिभी
धादिङ । आसन्न प्रदेशसभा र प्रतिनिसिभा निर्वाचनको मौन अवधि शुरु भईसक्दा पनि हिंसात्मक घटना रोकिएका छैनन् । धादिङमा आज दिउंसो नेपाली कांङग्रेस धुवाँकोट गाउँ समितिका संयोजक सन्तोष बस्ताकोटीमाथि आक्रमण भएको छ । बस्ताकोटीलाई शुक्रबार बिहान घरमै आक्रमण भएको उनका परिवारले जानकारी दिएका छन् ।
नीलकण्ठ नगरपालिका(१४ धुवाँकोटटार निवासी २६ वर्षीय बस्ताकोटीलाई ९ जनाको समूहमा अहाएका व्यक्तिले खुकुरी, रड लगायतका हतियारबाट आक्रमण गरेको परिवार जनले बताएका छन् ।
आक्रमणबाट बस्ताकोटीको टाउकोको दाँया भाग र दुवै खुट्टामा गहिरो चोट लागेको छ । उपचारका लागि उनलाई हेलिकप्टरबाट काठमाडौं लगिएको छ । उनको वीर अस्पतालको ट्रमा सेन्टर उपचार भइरहेको नेपाली कांग्रेसका जिल्ला अध्यक्ष रमेश धमलाले बताएका छन् ।