करणी आरोपमा १३ वर्षीय बालक पक्राउ

सहयात्रा टिभी

उदयपुर । एक तीन वर्षीया बालिकालाई करणी गरेको आरोपमा १२ वर्षीय बालक पक्राउ परेका छन् ।उदयपुरको त्रियुगा नगरपालिका–१२ बोटे टोलका १३ वर्षीय बालकलाई प्रहरीले करणीको आरोपमा पक्राउ रहेको हो ।

घरमा अभिभावक नभएको मौका छोपी तीन वर्षीया छिमेकी बालिकालाई अम्बा र केरा खान दिन्छु भनेर ललाई फकाई कोठामा लगेर जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बालिका चिच्याएपछि छिमेकीले थाहा पाएर बालकलाई रङ्गेहात पक्राउ गरी प्रहरीमा बुझाएका थिए । बालिकाको जिल्ला अस्पताल उदयपुरमा स्वास्थ्य जाँच र उपचार भइरहेको जनाइएको छ ।

प्रकाशित : 25 November, 2017

प्रतिक्रिया दिनुहोस्