प्रमुख निर्वाचन आयुक्त डोल्पामा

सहयात्रा टिभी

डोल्पा । भोलि (आइतबार) हुने पहिलो चरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको अवस्था बुझ्न प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादव डोल्पा पुगेका छन् ।

निर्वाचनको तयारीको अनुगमन गर्न नेपाली सेनाको हेलिकप्टरबाट प्रमुख निर्वाचन आयुक्त यादव शनिबार डोल्पा पुगेका हुन् । आयोगका सहसचिव सुशील कोइराला पनि यादवसँगै डोल्पा पुगेका छन् ।

बिहान साढे १० बजे हेलिकप्टरबाट डोल्पाको सदरमुकाम दुनै पुगेका यादव नेपालकै गहिरो ताल फोक्सुण्डोको पनि अवलोकन गरेका छन् । दुनैमा बिहानको खाना खाए लगत्तै चुनावी अवस्था बुझेर फर्कने कार्यक्रम रहेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।

प्रकाशित : 25 November, 2017

प्रतिक्रिया दिनुहोस्