१११ पदका लागि ७०२ उम्मेद्वारको हुँदै भिडन्त
काठमाण्डौं । पहिलो चरण अन्तर्गत आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जम्मा ७०२ जना उम्मेद्वार चुनावी मैदानमा खडा भएका छन् ।
निर्वाचन आयोगको सूचना प्रविधि महाशाखाका अनुसार अनुसार प्रदेशसभातर्फ ४८१ र प्रतिनिधिसभातर्फ ३२२ उम्मेद्वारहरुमध्ये प्रदेशसभाका ६० र प्रतिनिधिसभाका ४० जनाको उम्मेद्वारी फिर्ता र एक जनाको उम्मेद्वारी रद्द भएपछि ७०२ उम्मेद्वार कायम भएका हुन् । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार कात्तिक ५ गते ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ र प्रदेशसभा सदस्यतर्फ ७४ पदका लागि जम्मा ८०३ जना उम्मेद्वारहरुको उम्मेद्वारी मनोनयन दर्ता कायम भएको थियो ।
तर, कात्तिक ८ मा सयजनाको उम्मेद्वारी फिर्ता भएको तथा एक जनाको उम्मेद्वारी रद्द भएपछि ७०२ उम्मेद्वार कायम भएको उनले बताए । कायम रहेका उम्मेद्वारहरुलाई भोलि जनताले आफ्नो अमूल्य मत दिंदै छन् । जसबाट उम्मेद्वारहरुको पनि भाग्यको फैसला हुनेछ ।