अनिल फेरि गीत–संगीतमै सक्रिय

सहयात्रा टिभी

काठमाण्डौं । केहि समय नेपाली सांगीतिक क्षेत्रबाट अलग भएका गायक तथा कम्पोजर अनिल सिंह आफ्नो नयाँ गीतमार्फत फेरि सक्रिय बनेका छन् ।

आफ्नै एल्बम समेत ल्याउने तयारीमा रहेका अनिलको सोलो कम्पोजमा ‘फलो मि एल्बम’ तयार भएको छ । उक्त एल्बममा समावेश गीत ‘सेल्फी क्विन’ मा गायक अनिलललाई रविना थापाले साथ दिएकी छिन् । यसमा सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराईको एकल शब्द रहेको छ ।

गीतको भिडियोमा रविनासँगै सन्दिप क्षेत्री, सुशील नेपाल र राजेश थापाले अभिनय गरेका । गीतमा सेल्फीले बढाउने लोकप्रियतालाई देखाइएको छ । ’कम्पोजरको हिसाबले निकै खुशी छु, दर्शक तथा श्रोताले मेरो कम्पोजलाई रुचाउनु भएको छ’–अनिलले भने–‘अब संगीतमै फोकस भएको छु, मेरो सोलो एल्बल पनि चाँडै आउँदैछ ।’ यता पहिलो गीतले पाएको प्रतिक्रियाले उत्साहित बनेकी गायिका रविनाले अब संगीतलाई निरन्तरता दिन थप हौसला मिलेको बताइन् ।

प्रकाशित : 25 November, 2017

प्रतिक्रिया दिनुहोस्