रुकुममा पाँच बम विष्फोट

सहयात्रा टिभी

रुकुम । रुकुममा मतदान प्रक्रिया चलिरहेका बेला दुई स्थानमा पाँच वटा बम विष्फोट भएको छ । दुई मतदान केन्द्र नजिक ती बम विष्फोट गराइएको भए पनि मतदान प्रक्रिया सहज रुपमा चलिरहेको छ ।

रुकुमको पश्चिम आठबीसकोट नगरपालिकाका–७ मा रहेको मनकामना प्राथमिक विद्यालय चुर्तीपाखा मतदानस्थल र वडा नम्बर –८, बयलडाँडामा रहेको बयलीगाउँ प्राथमिक मतदान केन्द्र नजिकै बम विष्फोट गराइएको छ ।

वम विष्फोट भए पनि मतदान भने रोकिएको छैन । मतदानलाई प्रभावित बनाउन वम विष्फोट गराइएको हुनसक्ने चुर्तीपाखा मतदान स्थालका मतदान अधिकृत मानवीर ओलीले बताए । बयलीगाउँ मतदानस्थलका मतदान अधिकृत भिमबहादुर बुढाथोकीले पनि शान्तिपूर्वक मतदान चलिरहेको बताए ।

चुर्तीपाखाँमा तीन वटा र बयलडाडाँमा दुई वटा गरी पाँच वटा बम विष्फोट गराइएकोे स्थानीयले जनाएका छन् । तर जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद धमलाले भने प्रहरीलाई कुनै जानकारी नभएको र सबै मतदान स्थलमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको बताए । यो क्षेत्र विप्लव माओबादीको प्रभाव क्षेत्र हो । बम विष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।

प्रकाशित : 26 November, 2017

प्रतिक्रिया दिनुहोस्