केपी ओली प्रचण्ड माधव नेपाल एमाले


१० हजार युवासँग सेक्स गरेर चर्चित !

सहयात्रा टिभी

अष्ट्रेलिया । मानिस लोकप्रियताका लागि अनेक काम गर्छन् । संसारमा आफ्नो छुट्टै पहिचान बनाउनका लागि मानिसले समाजले राम्रो–नराम्रो दुबै मान्ने खालका काम गरेका छन् । अष्ट्रेलियाकी एक महिला अहिले चर्चामा छिन् । ३९ वर्षकी ग्वाइनेथ मन्टेनग्रो आफ्नो ‘द सेक्रेट ट्याबु’ नामको किताबमा गरिएको खुलासाका कारण चर्चामा छिन् ।

पेशाले यौनकर्मी रहेकी ग्वाइनेथले आफ्नो किताबमा यौन पेशामा रहँदा पछिल्लो १५ वर्षमा आफूले हासिल गरेका अनुभवलाई संगालेकी छिन् । उनले यस किताबमा एक सफल यौनकर्मी बन्ने टिप्सहरु पनि प्रस्तुत गरेकी छिन् । किताबमा उनले आफूले अहिलेसम्म १० हजार मानिससँग सेक्स गरेको खुलासा गरेकी छिन् । आफूमाथि सामुहिक बलात्कार भएसँगै उनले यौन पेशा अंगाल्ने निर्णय गरेकी थिइन् । आफ्नो पहिलो किताबमा उनले आफ्नो जीवनका उतार–चढावका बारेमा उल्लेख गरेकी छिन् ।

उनले यौन पेशा छाडेर व्यवसायिक पाइलट बनेको र पछि गम्भीर रोग लागेपछि उपचारका लागि पैसा जुटाउन पुनः यौन पेशामा लागेको खुलासा गरेकी छिन् । ग्वाइनेथले अहिले चाँही यौन पेशा छाडिसकेकी छिन् । केवल जवान महिलाहरु मात्र यो पेशामा टिक्नसक्ने उनको अहिलेसम्मको अनुभव छ । अहिले उनी परिवारसँग छिन् र व्यवसाय पनि गर्छिन् । एजेन्सी

प्रकाशित : 26 November, 2017

प्रतिक्रिया दिनुहोस्