दुई हजार ५७ मतपेटिका सदरमुकाममा

सहयात्रा टिभी

काठमाण्डौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो चरणमा आइतबार मतदान सम्पन्न भएका ३२ जिल्लाका दुई हजार ५७ मतपेटिका सम्बन्धित जिल्ला सदरमुकाम ल्याईसकिएको छ ।

दुई हजार ९१७ मतदानस्थलमध्ये २ हजार ५७ मतदानस्थलका मतपेटिका सम्बन्धित जिल्लाका सदरमुकाममा ल्याईसकिएको निर्वाचन आयोगले जानकारी दिएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त जानकारी अनुसार, सदरमुकाममा ल्याउन बाँकी रहेकामध्ये १२९ मतदानस्थलका मतपेटिकाहरु हेलिकप्टरबाट जिल्ला सदरमुकाममा ल्याउने तयारी भइरहेको छ ।

यसैगरी अन्य ७४१ मतदानस्थलका मतपेटिकाहरु पैदल मार्गबाट जिल्ला सदरमुकाममा ल्याउने क्रममा छन् । आइतबार ३२ जिल्लामा ६५ प्रतिशत मतदान भएको आयोगको प्रारम्भिक विवरण रहेको छ ।

प्रकाशित : 27 November, 2017

प्रतिक्रिया दिनुहोस्