एकै रातमा सिङ्गो गाउँ धनी ?
कहिं एकै रातमा सिङ्गो गाउँ धनी बन्छ ? त्यहि पनि एउटा व्यक्तिका कारण । यो सुन्दा जोकोहीलाई पत्यार लाग्दैन । तर, संसारमा कतिपय यस्ता घटना हुन्छन् जसलाई पत्याउनु पर्ने हुन्छ । प्रसङ्ग हो, स्पेनको ।
त्यहाँको एउटा सानो गाउँ राता–रात करोडपति भयो । त्यहाँ बस्ने ८० घर परिवारलाई कुनै सामुहिक चिट्ठा परेको होइन । बरु, त्यही जन्मेका एक अर्बपतिले आफूसँग भएका सबै सम्पति गाउँभरीका मानिसलाई भाग लगाई दिएका हुन् । उनीसँग अर्बौ रुपैयाँ थियो । त्यो पैसा गाउँका हरेक घर परिवारलाई बाँढे । यसरी एउटा सानो गाउँ रातारात करोडपति भयो ।
गाउँको नाम हो, सिरिजेल्स डेल कोन्डान्डो । र, मनकारी अर्बपतिको नाम हो, एन्टोनिनो फर्नाडिज । उनी चर्चित कोरोना बियर कम्पनीका मालिक थिए । हुन त उनको मृत्यु भइसकेको छ । मृत्युअघि उनले आफूसँग भएको सबै पैसा गाउँभरको मान्छेलाई दिने भएछन् । यो खबर सुनेर गाउँका मान्छेले केहि क्षण त विश्वास गरेनन् ।
तर, नपत्याई धरै भएन । ती धनाढ्यले अरु सबैलाई धनाढ्य बनाई दिए । अहिले स्पेनकै सर्बाधिक धनी गाउँको रुपमा यो गाउँ चर्चित छ । मिडिया रिपोर्ट अनुसार यसरी भागबण्डा लगाउँदा त्यहाँका हरेक व्यक्तिको नाममा करीब ३० करोड रुपैयाँभन्दा बढी प्राप्त भयो ।