दाँत पहेंलो भो ? यसो गर्नुस्

सहयात्रा टिभी

खानेकुरा चपाउन मात्र होइन हाम्रो सौन्दर्यताका लागि पनि दाँत महत्वपूर्ण छ । तर सौन्दर्य त्यतिबेला बढ्छ जतिबेला हाम्रो दाँत सफा अनि सेतो हुन्छ र नगनाउने हुन्छ । हामीमध्ये धेरै जनाको समस्या दाँत गनाउने पनि हो । अनि जति माझे पनि पहेंलो हुनु ।
चुरोट सेवनले पनि दाँत पहेंलो हुन्छ । यस्तै कुनै खानेकुरा लगातार खानाले अनि धेरै औषधिको सेवन गर्नेहरुको पनि दाँत पहेंलो हुन्छ । यदि तपाईको पनि दाँत पहेंलो र गन्हाएर चिन्तित हुनुहुन्छ भने यसो गर्नुस ः
१) नुनमा २–४ थोपा शुद्ध तोरीको तेल मिलाएर दाँत सफा गर्नाले केहि दिनमै दाँतको पहेंलोपना हटेर जान्छ ।
२) केरालाई पिसेर बनाएको पेष्टले दाँतलाइ दिनहँु १ मिनेट मसाज गर्नुहोस । यसपछि दाँत ब्रस गर्नुहोस् । यसो गर्नाले दाँतको पहेंलोपना हट्छ ।
३) तुलसीमा दाँतको पहेंलोपन हटाउने अद्भूत शक्ति रहेको छ । यसले दाँतको पहेंलोपन हटाउने मात्र होइन मुख र दातसम्बन्धी अन्य रोगबाट बचाउने काम पनि गर्दछ ।
४) तुलसीको पातलाई घाममा सुकाउनुस र यसको पाउडर बनाएर ब्रस गर्नुस, यसो गर्नुभयो भने केहि दिनमै दाँतमा चमक आउन थाल्छ ।
५) खाना खाइसकेपछि कागतीको रसमा पानी मिसाएर दिनहँु कुल्ला गर्नुहोस् । त्यसो गर्दा दाँतको पहेंलोपना पनि हट्छ र सास गन्हाउने समस्या पनि घट्छ ।
६) सुन्तलाको बोक्रा र तुलसीको पातलाई घाममा सुकाएर बनाएको पाउडर दाँत ब्रस गरिसकेपछि दाँतमा लगाएर हल्का मसाज गर्दा पनि दाँत चम्किलो हुन्छ ।
७) खाना खाइसकेपछि दिनहँु गाँजर खाँदा पनि दाँतको पहेंलोपन हट्छ ।
८) दैनिक निमको सानो हाँगाले दात सफा गर्दा दाँतमा कुनै किसिमको रोग लाग्दैन र पहेंलो छ भने पनि हट्छ ।
९) स्ट्रबरी दाँत चम्किलो बनाउने सबै भन्दा सजिलो उपाए हो । यसमा भएको मालिक एसिडले दाँतलाई सेतो अनि चम्किलो बनाउँछ ।

यसैले हामी हाम्रो घर वरपर नै पाइने सामान्य वस्तुको प्रयोगबाट नै दाँतलाई सुन्दर बनाउन सक्छौं । यसका लागि हामीले थोरै जाँगर भने चलाउनु पर्ने हुन्छ ।

प्रकाशित : 28 November, 2017

प्रतिक्रिया दिनुहोस्