आलोकको अन्मित भिडियो रिलिज

सहयात्रा टिभी

काठमाण्डौं । स्व. निर्देशक आलोक नेम्वाङले निर्देशन गरेको अन्तिम म्युजिक भिडियो युट्युवमार्फत रिलिज भएको छ ।
प्रह्लाद तिमिल्सिनाको स्वर रहेको कालीप्रसाद बास्कोटाको शब्द र आलोक श्रीको संगीत रहेको यो मनलाई बोलको गीत सार्वजनिक भएको हो । ’महक’ एल्बममा समावेश गीतको संयोजन महाराज थापाले गरेका हुन् ।

भिडियोमा अनिल बस्नेत र एलिजा थापाको फिचरिङ छ । धिरजजंग शाहले खिचेको भिडियो सम्पादन प्रकाश तुलाधारले गरेका हुन् । २०७१ कार्तिकको दोस्रो साता भिडियो छायाङ्कन गरिएको गायक तिमिल्सिनाले बताएका छन् । त्यसको केही दिनपछि अर्थात २०७१ कात्तिक २० गते आलोक नेम्वाङले धापासीको ग्रान्डी भिल्लामा आफू बस्दै आएको अपार्टमेन्टमा आत्महत्या गरेका थिए ।

’न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई’, ‘कसको आँखा लाग्यो’ लगायत उनले दर्जनौं चर्चित म्युजिक भिडियो निर्देशन गरेका छन् । सानो संसार उनको चर्चित चलचित्र हो । सानो संसारपछि उनले दोस्रो फिल्म ‘कोही मेरो’ को पनि निर्देशन गरेका थिए । लिम्बू सँस्कृतिमा आधारित चलचित्र नूमाफुङमा उनले निर्देशक र अभिनेता दुबै भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित : 28 November, 2017

प्रतिक्रिया दिनुहोस्