ओलीले बोल्दै गर्दा बम विष्फोट

सहयात्रा टिभी

काठमाण्डौं । वाम गठबन्धनको बृहत चुनावीसभालाई लक्षित गरी लगनखेल नजिकै बम विष्फोट भएको छ । विष्फोटबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

वाम गठबन्धनको जिल्ला निर्वाचन परिचालन कमिटीले आयोजना गरेको सभास्थल नजिकै भएकोबम विष्फोटनबाट छेवैको नमुना मछिन्द्र आवासीय माध्यमिक विद्यालयको ७ वटा झ्यालको सिसा फुटेको प्रहरीले जानकारी दिएको छ । विष्फोटको ठूलो आवाजले सर्वसाधारण त्रसित बनेका छन् । विद्यालय नजिक भएको विष्फोटका कारण जमिन खाल्डो परेको छ ।

विष्फोट लगत्तै पुगेको नेपाली सेनाले घटनाबारे अनुसन्धान गरिरहेको छ । घटनाको कसैले जिम्मा लिएको छैन । लखनखेल बसपार्क नजिक आयोजना गरिएको सभाको प्रमुख वक्ता एवम् नेकपा एमालेका अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने क्रममा बम विष्फोट भएको बताइएको छ ।

प्रकाशित : 28 November, 2017

प्रतिक्रिया दिनुहोस्