‘इकु’ ले ल्याए ‘फिर्के’

सहयात्रा टिभी

काठमाण्डौं । कमेडी टेलिभिजनमा एक समय ‘इकु’ नामले दर्शकले चिनेका सुलेमान शंकरले फिर्के चलचित्र ल्याउने भएका छन् ।
शंकरको प्रस्तुतीमा बनेको नेपाली चलचित्र ‘फिर्के’ को ट्रेलर बुधबार सार्वजनिक गरिएको छ । कमेडी बेसमा बनेको चलचित्रको ट्रेलर पनि कमेडी नै छ ।

गाउँदेखि शहर पसेको एक सिधा युवाको कथामा ‘फिर्के’ बनेको छ । पुस २१ गते रिलिज हुने ‘फिर्के’ मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, विष्णु सापकोटा, अर्जुन गुरुङ, उज्ज्वल भण्डारी, पुरन थापालगायतका कलाकारको अभिनय छ । यो चलचित्रलाई रवि डंगोलले निर्देशन गरेका छन् । छ वटा नेवारी (नेपाल भाषा) का चलचित्र निर्देशन गरेर तितो सत्य, जिरे खुर्सानीलगायतका टेलिसिरियलमा ‘बेमान’ को नामले परिचित रविले पहिलो नेपाली भाषाको चलचित्र निर्देशन गरेका हुन् ।

यसअघि ‘इकु’ र ‘इकु–२’ चलचित्रका निर्माता समेत रहेका कलाकार सुलेमान शंकरले ‘फिर्के’ मा इकु भन्दा फरक भूमिकामा छन् । यो चलचित्रका निर्माता ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन् । चलचित्रमा अभिमन्यू निरबीको लेखन रहेको छ । अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’ मा मित्र डि. गुरुङको सम्पादन तथा रामकुमार केसीको छायाङ्कन छ ।

प्रकाशित : 29 November, 2017

प्रतिक्रिया दिनुहोस्