बाजागाजासहित गोविन्दराज जोशीले गरे रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी

सहयात्रा टिभी

तनहुँ । तनहुँमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलका विरुद्ध कांग्रेसकै अर्का नेता गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । आज बाजागाजा र कार्यकर्ताको ‍र्यालीसहित नेता जोशीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । भ्रष्ट्राचारको आरोप लागेका जोशीलाई कांग्रेसले टिकट नदिएपछि आज उम्मेदवारी दर्ताका क्रममा जोशीले आफू नै नेपाली कांग्रेसको आधिकारीक उम्मेद्वार भएको भन्दै स्वतन्त्र उम्मेद्वारी दिएका हुन् ।

कांग्रेस भित्र विपी कोइरालाको विचारलाई अनुसरण नगर्नेहरु हावी भएका कारण आफ्नो उम्मेदवारी आवश्यक रहेको भन्दै नेता जोशीले विपीको विचार जोगाइराख्न आफुले उम्मेद्वारी दिएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित : 2 November, 2017

प्रतिक्रिया दिनुहोस्