नयाँ पुस्ताका लागि अवसर दिन उम्मेदवार नबन्ने घोषणा : बिजुक्छे

सहयात्रा टिभी

भक्तपुर । यसअघिका निर्वाचनमा लगातार ५ पटक जितेर भक्तपुरमा एकछत्र राज गरेका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे यो पटक भने उम्मेदवार नै दिएनन् । नयाँ पुस्तालाई अवसर दिन भन्दै भक्तपुरमा पार्टी अध्यक्ष बिजुक्छेले यसपटकको चुनावमा उम्मेदवार नबन्ने निर्णय गरेको बताएका छन् ।

प्रतिनिधिसभाका लागि भक्तपुर क्षेत्र नम्बर १ मा प्रेम सुवाल र २ मा अनुराधा थापा मगरले मनोनयन दर्ता गराएका छन् । प्रदेशसभातर्फ १ को ‘क’मा निरज लवाज र ‘ख’मा सुरेन्द्र गोसाई तथा २ को ‘क’सरोजराज गोसाई र ‘ख’मा प्रेमजन थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित : 2 November, 2017

प्रतिक्रिया दिनुहोस्