पर्वतका युवालाई स्वदेश फर्काउने र गरिबी घटाउने मेरो प्रमुख लक्ष्य : राजेन्द्र प्रसाद तिवारी

सहयात्रा टिभी

पर्वत । पर्वत क्षेत्र नम्बर ख बाट प्रदेश सभा सदस्य उमेद्ववार राजेन्द्र प्रसाद तिवारीले देश विकासका निमित्त व्यक्तिको कार्यक्षमतामा भर पर्ने हुनाले सो क्षमता हेरेर समग्र पर्वतवासीले आफूलाई जिताउने विश्वास व्यक्त गर्नुभएको छ । परिवर्तन र विकासको संवाहक भनेको हामी नै हो, हाम्रो कार्यक्षमता र हामीले देखाउने कलाले नै समग्र देशको विकास हुने भएकाले आम पर्वतवासीले आफूलाइ जिताउनेमा निसंकोच रहेको तिवारीले सहयात्राटीभी संगको कुराकानीमा बताउनुभयो ।

देश विकासको संवाहक हामी बन्नुपर्छ, देशलाई विकासमूलक परिवर्तनले काँचुली फेर्नुपर्छ, यसका लागि नेपाली कांग्रेसले जित्नुपर्छ, तवमात्र देशको विकास सम्भव छ तिवारीले भन्नुभयो ।

पछिल्लो समय नेपाली राजनीतिमा जुन गठजोडको प्रभाव रहेको छ, त्यसले नेपाली कांग्रेसलाई र स्वयं आफूलाई पनि केहि फरक नपर्ने बताउनुभयो । नेपाली कांग्रेसले गफ मात्रै गर्ने होईन ईतिहासलाई हेर्ने हो भनेपनि काम नै गरेर देखाएको छ र भोलिका दिनमा पनि काम नै गरेर देखांउछ, तसर्थ हामीलाई आम जनताले साथ र सहयोग गर्नुहुनेछ, त्यसैका निमित्त उहाँहरुले आफ्नो स्वतन्त्र मत दिएर जिताउनेमा आफूलाई दृढ विश्वास रहेको जनाउनुभयो ।

पर्वत जिल्ला पयुँ गाउँपालीका ६ मा जन्मनुभएका तिवारी नेपाली काँग्रेस पर्वतको माहघिवेशन प्रतिनिधी समेत हुनुहुन्छ । दक्ष जनशक्ति अवसको खोजिमा विदेशिरहेका वेला उनिहरुलाई स्वदेशमा नै ध्यानकार्षण गर्ने गरि स्वबलम्व र स्वरोजगार प्रदान गर्नका लागि आफूसंग प्रर्याप्त विकल्प रहेकाले समग्र देशका युवा एवं पर्वतका युवाहरुलाई स्वदेशमै फर्काउने र यहि उद्यमशिल कार्यमा लगाई देश विकासमा होस्टेमा हैसे गर्न आफू लागि पर्ने बताउनुभयो ।

कालीगण्डकी जलस्रोतको सदुपयोग गरि दक्ष युवाहरुलाई स्वदेशमा नै स्वरोजगारको व्यवस्था गराउन आफूसंग प्रशस्तै विकल्प र सोच रहेको पनि प्रदेशसभा सदस्य उमेद्ववार तिवारीले बताउनुभयो । यस्तै, गरिबि न्युनिकरण र शिक्षाको गुणस्तरलाई पनि अझ प्रभावकारी ढंगले परिमार्जन गर्दै लैजानेमा पनि आफू लागि पर्ने समेत बताउनुभयो ।

 

प्रकाशित : 4 November, 2017

प्रतिक्रिया दिनुहोस्