आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने

सहयात्रा टिभी

काठमाडौं । निर्वाचन आयोगले आज दोस्रो चरणको चुनावका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ । आयोगले आइतबार अन्तिम नामावली प्रकाशन गरी आइतबारै उम्मेदवारलाई चुनाव चिन्ह दिने तयारी गरेको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नुअघि दिउँसो एक बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिन समय दिइएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

यस्तै १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने र ३ देखि ६ बजेसम्म उम्मेदवारलाई चुनाव चिन्ह दिने तयारी भएको आयोगले जनाएको छ । शनिबार उम्मेदवारविरुद्ध परेको दाबी विरोधमा अनुसन्धान गरेको आयोगले आइतबार उम्मेदवारी फिर्तासहित अन्तिम नामावली प्रकाशन गरीचुनाव चिन्ह दिन लागेको हो । आयोगमा परेको १० उजुरी मध्य दाबी विरोधको पुष्टि भएकाले ६ जना उम्मेदवारी खारेज गरिएको र ४ जना विरुद्ध परेको उजुरी खारेज गरिएको आयोगले जनाएको छ ।

प्रकाशित : 5 November, 2017

प्रतिक्रिया दिनुहोस्