विद्युत प्राधिकरणको ट्रान्स्फर्मर खरिद प्रकरणमा तानिए पूर्वमुख्यसचिव क्षत्री

सहयात्रा टिभी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीसँग बयान लिएको छ । विद्युत प्राधिकरणको ट्रान्स्फर्मर खरिद प्रकरणमा पूर्वमुख्यसचिव अख्तियारले क्षत्रीसँग बयान लिएको हो । उनीसँगै सचिव अर्जुनकुमार कार्की र पूर्वसचिव विश्वप्रकाश पण्डितसँग पनि बयान लिएको छ । चीनको हुवेइ सनलाइट र थाइल्यान्डको सहवन्त इलेक्ट्रिक कम्पनीबाट उत्पादित ट्रान्सर्फमर खरिदमा अनियमितता भएको ठहर गर्दै अख्तियारले भदौ ०७० मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सो निर्णय गर्दा एउटा बोर्ड बैठकको अध्यक्षता तत्कालीन ऊर्जा सचिवको हैसियतमा विश्वप्रकाश पण्डित र दोस्रोमा राजेन्द्रकिशोर क्षत्रीले अध्यक्षता गरेका थिए । बयानका लागि बोलाइएका पूर्व मूख्यसचिव क्षत्रीले हालै अवकास लिएका छन् भने भने कार्की बहालवाला सचिव छन् ।

प्रकाशित : 6 November, 2017

प्रतिक्रिया दिनुहोस्