अमेरिकामा चर्चभित्रै गोलीको वर्षा, २७ को ज्यान गयो
अमेरिका (टेक्सास) । अमेरिकाको टेक्सासस्थित एक चर्चमा गोली चल्दा २७ जनाको ज्यान गएको छ । टेक्सास प्रान्तको उक्त चर्चमा भएको अन्धाधुन्द गोली प्रहारबाट केहि व्यक्ति घाइते बनेका छन् ।
सन्डरल्याण्ड स्प्रिङ्सका विलसन काउन्टी इलाकामा फस्ट वाप्टिस्ट चर्चमा प्रार्थना सभा चलिरहेका बेला बन्दुकधारीले अन्धाधुन्द गोली चलाएका हुन् । कालो कपडा लगाएको करीब २०-३० वर्षको युवकले बिहान साढे ११ बजे चर्चभित्र घुसेर गोली चलाएको स्थानीय मिडियाहरुले जनाएका छन् । प्रहरीका अनुसार गोली लागेर पाँच वर्षदेखि ७२ वर्ष उमेर समूहका मानिसहरुको मृत्यु भएको छ ।
आक्रमणकारीलाई पनि प्रहरीले मारिदिएको छ । २० जना घाइते भएका र उनीहरुलाई हेलिकोप्टरमार्फत अस्पताल पु¥याइएको बीबीसीले उल्लेख गरेको छ । जापान भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत भगवान सन्डरल्याण्ड स्प्रिङ्सलाई टेक्सासका जनताको साथका लागि प्रार्थना गरेका छन् ।