फ्रेण्डस फरेवर बजारमा

सहयात्रा टिभी

काठमाडौं । पछिल्लो समय आ आफ्ना सृजनालाई गीत संगितको माध्यममार्फत बजारमा ल्याउने क्रम बढ्दो छ । यस्तै भर्खरै बजारमा आएको छ, लतिका श्रेष्ठ र जानुका ढकालको शब्द र गायक तथा संगीतकार बिनोद पछाईको एकल संगीतमा रहेको एल्बम फ्रेण्डस फरेवर । गत शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि सो एल्बमको बिमोचन गरिएको थियो । बरिष्ठ गायिका ज्ञानु राणा, संगीता प्रधान राना, कुन्ति मोक्तानका साथै गीतकार द्धय जानुका ढकाल र लतिका श्रेष्ठकी आमाहरु हिमा देवि ढकाल र भोजकुमारी श्रेष्ठले संयुक्त, रुपमा एल्बमको बिमोचन गरेका थिए ।


गीतकार जानुका ढकालको एकल शब्द र बिनोद पर्छाइको एकल संगीतमा गीत नामक एल्बम प्रकाशित भइसकेको छ भने लतिका श्रेष्ठको यो पहिलो एल्बम हो । संगीतकार बिनोद पर्छांले भने लोकप्रिय गायक गायिकाहरुको आवाजमा थुप्रै एल्बमहरुमा संगीत भरिसकेका छन् । यस एल्बममा गायिका अन्जु पन्त, बिनोद पछाई, रुपक डोडेल, दिपा लामा, मेलिना राई लगायतले स्वर दिएका छन् ।
गीतकार द्धयले हरेक मानिसको जिवनको भोगाइलाई गीतमार्फत प्रस्तुत गर्ने कोशिश गरेका छन् भने बिनोद पर्छाले अत्यन्तै मिठो संगीत भरेका छन् । कार्यक्रममा गायिका ज्ञानु राणा, कुन्ति मोक्तान र संगीता राना ले यो एल्बममाथि प्रकाश पारेका थिए ।

प्रकाशित : 6 November, 2017

प्रतिक्रिया दिनुहोस्