हिमाली जिल्लामा हेलिकोप्टरबाट मतपत्र

सहयात्रा टिभी

काठमाण्डौं । आसन्न निर्वाचनका लागि निर्वाचन आयोगले विकट र हिमाली जिल्लाहरुमा हेलिकोप्टरबाट मतपत्र पु¥याएको छ । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावका लागि विकट रहिमाली जिल्लाहरुमा हेलिकोप्टरबाट मतपत्र पठाइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

प्रत्यक्ष र समानुपातिक दुवै मतपत्र जिल्ला पठाइएको आयोगले जनाएको छ । पहिलो चरणमा चुनाव हुने २० जिल्लामा पत्रपत्र पुगिसकेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । मतपत्र छापिने वितिक्कै जिल्लाहरुमा पठाइएको भन्दै प्रबक्ता ढकालले नपुगेका जिल्लाहरुमा मंगलबार साँझसम्ममा पुगिसक्ने बताए । ‘हिजोसम्म २० जिल्लामा पुगिसकेको छ । आजसम्म सबै जिल्लामा मतपत्र पुग्छ ।’ सुरक्षा संवेदनशीलताका कारण हेलिकोप्टर प्रयोग गरीमतपत्र पठाइएको आयोगले जनाएको छ ।

प्रकाशित : 7 November, 2017

प्रतिक्रिया दिनुहोस्