बालकको मृत्युपछि अरनिको राजमार्ग अवरुद्ध

काभ्रे । ट्रिपरको ठक्कर एक बालको मृत्यु भएपछि मृत्तक बालका आफन्त र स्थानीयले अरनिको राजमार्गअवरुद्ध बनाएका छन् ।
काभ्रे पाँचखालमा बा ४ ख ३२६८ नम्बरको ट्रिपरले चार वर्षीय रामकुमार कुँवरको मृत्यु भएपछि आक्रोशित स्थानीयले सडक अवरुद्ध गरेका हुन् । आफन्त र स्थानीयको अवरोधका कारण अरनिको राजमार्ग सडक खण्डमा सवारी साधन चल्न सकेका छैनन् । दुवै पक्षवीच वार्ता गरेर अवरोध खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।