सर्ट मुभी सन्देश कि अश्लिलता ?

सहयात्रा टिभी

काठमाडौं । नेपालमा पनि सर्ट फिल्म निर्माणको लहर चलेको छ । सामाजिक सन्देश दिने नाममा बनाएका यस्ता सर्ट मुभीहरु हेर्दा भने जोकसैले सन्देश भन्दा पनि अश्लिलता बढी पाउने गरेका छन् ।नेपालमा पनि सर्ट फिल्म निर्माणको लहर चलेको छ ।

सामाजिक सन्देश दिने नाममा बनाएका यस्ता सर्ट मुभीहरु हेर्दा भने जोकसैले सन्देश भन्दा पनि अश्लिलता बढी पाउने गरेका छन् । कतिपय सर्ट फिल्मले बिदेशमा हुने बिभिन्न फिल्म फेस्टिबलमा चर्चा र पुरस्कार बटुलेको छ भने कतिपय सर्ट फिल्महरुले अश्लिलताको पराकाष्ट नाघेको पाइन्छ । तर नेपालमा यतिबेला यूटुबको विकास र विस्तारसँगै बजारमा सर्ट फिल्म निर्माणको नाममा खुलेआम कानुन बिपरीत सर्ट फिल्म निर्माणको गरी अश्लिल चलचित्र युटुबमा बेचिरहेको छ्न । पैसा कमाउने नियतले हिन्दी सर्ट फिल्मको कथा हुबहु निकालेर महिलाहरुलाइ बेड सिन र किस सिन खिचेर अश्लिल कारोबार गरेको समाचार बारम्बार प्रकाशित हुने गरेका छन् । बिषेशगरी यस्ता सर्ट फिल्ममा नयाँ कलाकारहरुको बाहुल्यता देखिन्छ ।

नयाँ कलाकारहरुले नाम कमाउने र निर्माताबाट थोरै पैसा लिएर बेड सिन, किस सिन जस्ता भल्गर अश्लिल दृष्यहरु सहजै दिएका छन् । नेपालको कानुनमा सेन्सर नभएका दृष्यहरु सार्वजनिक रुपमा बेचबिखन गर्न तथा युटुबमा राख्न पाइँदैन तर कानुनको धज्जी उडाउँदै अहिले नेपालमा संस्था मात्र होइन ब्यक्तिहरुले समेत एउटा कोठामा सर्ट मुभीको नाममा अश्लिल चलचित्रहरुको खेती गरिरहेका छन् । यस बिषयमा गम्भिर ध्यानार्कषण गर्दै प्रहरी अपराध अनुसन्धान महाशाखा हुनमान ढोकाका प्रमुखले अनुसन्धान गरेर जिऊ मास्ने तथा मानव बेचबिखन अपराधको मुद्दा चलाई दोषीलाई कार्वाही गर्ने बताएका छन् ।

 

प्रकाशित : 8 November, 2017

प्रतिक्रिया दिनुहोस्