इलामका ७२ मतदानस्थल संवेदनशील

सहयात्रा टिभी

इलाम । आसन्न निर्वाचनमा सुरक्षाका दृष्टिले इलाममा ७२ मतदानस्थललाई संवेदनशील मानिएको छ । आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि इलाममा सुरक्षाका दृष्टिले विभिन्न गाउँका ७२ मतदानस्थल संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलले जानकारी दिए ।

जिल्लामा १४४ मतदानस्थल छन् । जसमध्ये संवेदनशील मानिएका मतदानस्थलका लागि छुट्टै सुरक्षा रणनीति बनाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । १४४ मतदान स्थलमा २६६ वटा मतदान केन्द्र निर्धारित न्छ । तीमध्ये कुनै पनि मतदान केन्द्रहरु अति संवेदनशील नरहेको प्रशासन कार्यालयको ठहर छ ।

प्रकाशित : 9 November, 2017

प्रतिक्रिया दिनुहोस्