प्रत्यक्षतर्फको मतपत्र सार्वजनिक
सहयात्रा टिभी
काठमाण्डौं । निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लाको प्रत्यक्षतर्फको मतपत्र सार्वजनिक गरेको छ । पहिलो चरणमा मंसिर १० गते ३२ जिल्ला ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा ७४ प्रदेशसभा निर्वाच क्षेत्रको मतपत्र सार्वजनिक भएको हो ।
प्रत्यक्षतर्फको उम््मेदवारीको अन्तिम नामावली प्रकाशन भएपछि कायम उम्मेद्वारको मात्रै निर्वाचन चिन्ह छापिने भएकाले निर्वाचन क्षेत्र अनुसार नै मतपत्रको आकार र प्रकार फरक रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले मतपत्र सार्वजनिक गरेसँगै निर्वाचन हुने जिल्लाका सर्वसाधरणको मतपत्रप्रतिको चासो शान्त हुने देखिएको छ ।