फजुल खर्च रोक्न ध्यानाकर्षण

सहयात्रा टिभी

काठमाण्डौं । निर्वाचन आयोगले चुनाव प्रचारका नाममा गरिने खर्च नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन प्रचार अभियानका क्रममा अधिक खर्च हुने गरेको पाइएको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएको हो ।

प्रदेश सभा र प्रतिनिधि निर्वाचनका लागि आवश्यक तयारीका कार्यक्रममा बिहीबार बोल्दै बोल्दै प्रमुख आयुक्त डा. यादवले निर्वाचन प्रचारका क्रममा उम्मेद्वारहरुले अधिक खर्च गरेकोमा चिन्ता व्यक्त गरे । उनले यसको नियन्त्रण गर्नु आयोगको मुख्य चुनौति रहेको बताए । ‘निर्वाचन आयोगले मतदातासँग उम्मेद्वारहरु आफैले आर्थिक लेनदेन गरिरहेको पाइएको छ त्यस्ता उम्मेद्वारमाथि आयोगले स्पष्टिकरण लिंदैछ’–उनले भने ।

निर्वाचन आयोगले समय अभावका कारण मतदात शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन नसकिएको पनि स्पष्ट पारेको छ । प्रमुख निर्वाचन आयुक्त यादवले समय कम भएर कारण मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन नसकिएको बताए । उनले निर्वाचनका लागि जनशक्ति व्यवस्थापन पनि चुनौति बनेको धारणा राखे । आयोगले निर्वाचन आचारसंहिता विपरीतका कुनै पनि गतिविधि नगर्न सरकार, राजनीकि दल र उम्मेद्वारहरुलाई सचेत गराउँदै आएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बढीमा २५ लाख र प्रदेश सभा निर्वाचनका लागि बढीमा १५ लाख खर्च गर्न पाउने कानुनी व्यवस्था भए पनि करोडौं खर्च निर्वाचनमा हुने देखिएपछि निर्वाचन आयोग चिन्तित हुदै सरकारको ध्यानाकर्षण गराएको हो ।

प्रकाशित : 9 November, 2017

प्रतिक्रिया दिनुहोस्