पेस्तोलसहित दुई जना पक्राउ

सहयात्रा टिभी

धनुषा । राज्य सरकारले आसन्न चुनावलाई लक्षित गर्दै अवैध हातहतियारमा निगरानी राखिरहेका बेला धनुषामा भने दुई जना व्यक्ति पेस्तोलसहित पक्राउ परेका छन् ।

उनीहरुलाई अवैध नलकुटुवा पेस्तोल र तीन वटा गोलीसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–८ बस्ने ५७ वर्षका सकुर मिया र सबैला–४ बस्ने २० वर्षका अनिल पासवान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । धनुषा सबैलाका ठिल्लाबाट गोप्य सूचनाको आधारमा जाँचको क्रममा पक्राउ गरेको दुवै जनालाई  जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

उनीहरुको साथबाट एसएलआरमा प्रयोग हुने गोली तीन वटा, ज ८ प ५०९६ नम्बरको डिस्कभर मोटरसाइकल एउटा र दुई वटा मोवाइल र त्यसमा प्रयोग भएको सीम दुई थान बरामद गरेको धनुषाका प्रहरी उपरीक्षक चक्रबाहादुर सिंहले जानकारी दिए । पक्राउ  दुवै जनालाई हात हतियार खरखजाना ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित : 10 November, 2017

प्रतिक्रिया दिनुहोस्