‘कला क्षेत्रले नेपाल–चीनलाई जोडेको छ’

सहयात्रा टिभी

काठमाण्डौं । काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नेपाल र चीनलाई कला सँस्कृतिले पनि एकापसमा जोडेको बताएका छन् । शुक्रबारदेखि काठमाण्डौमा शुरु भएको चीनको तिब्बतस्थित आर्थिक, सामाजिक र साँस्कृति पक्षलाई झल्काउने चार दिने फोटो प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले नेपाल–चीनको साइनो अरु क्षेत्रमा भन्दा कला क्षेत्रमा पुरानो रहेको बताउँदै यो साइनो बलियो पनि रहेको बताए ।

उनले कलाको विकास र प्रवद्र्धन गर्न सके पर्यटन क्षेत्र पनि फस्टाउने बताउँदै भने–‘कला र पर्यटन क्षेत्रको विकासका लागि महानगरपालिका लागिरहेको छ । काठमाण्डौंस्थित होटल सांग्रिलामा आयोजना भइरहेको प्रदर्शनीमा चीनको तिब्बतको आर्थिक, सामाजिक, साँस्कृतिक र पर्यटन जगतको चिनारी दिने ‘डिजिटल प्रविधि’ बाट निर्माण गरिएका तस्विरहरु राखिएका छन् ।

यसलाई एक विशेष प्रकारको चश्मा प्रयोग गरी अवलोकन गर्दा तिब्बतको एकसरो जानकारी मिल्ने आयोजकले जनाएको छ । चीनको ‘छिन्हुवा न्यूज एजेन्सी’ र चाइना मोवाइल तिब्बत कम्पनीले आयोजना गरेको प्रदर्शनीका क्रममा चाइनाको छिएन जाओटोङ विश्व विद्यालय र अन्य संघसंस्था पनि सहभागी हुने जनाइएको छ । यस्तै कार्यक्रम रसिया र थाइल्याण्डमा पनि आयोजना गरिने आयोजकले जानकारी दिएको छ । प्रदर्शनी अवलोकनपछि फाइन आर्ट एकाडेमीकी रागिनी उपाध्याले यस्तो प्रदर्शनीले दुबै देशको कला प्रवद्र्धन हुने बताइन् । कार्यक्रममा काठमाण्ठौंस्थित चीनका राजदूत झ्याङ विन,सिदार्थ आर्ट ग्यालरीकी संगीता थापा, पर्यटन बोर्डका निर्देशक सुनिल शर्मालगायतको उपस्थिति थियो ।

प्रकाशित : 10 November, 2017

प्रतिक्रिया दिनुहोस्