मतदाता परिचयपत्र पहिलो चरणमा मंसिर ८ र ९ तथा दोस्रो चरणमा १९ र २० गते वितरण गरिने

सहयात्रा टिभी

काठमाडौ । मतदाता नामावलीमा नाम दर्ता गरेका तर परिचयपत्र लिन बाँकी रहेका मतदाताको परिचयपत्र पहिलो चरणमा चुनाव हुने जिल्लामा मंसिर ८ र ९ मा वितरण गरिने भएको छ । त्यस्तै गरि दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा मंसिर १९ र २० गते वितरण गरिने निर्वाचन आयोगले जनाएको छ ।

गएको भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी भदौ ५ गतेसम्ममा १८ वर्ष उमेर पूरा गरेका, ठाउँसारी र सच्याउन निवेदन दिएका मतदाताको परिचयपत्र उक्त मितिमा सम्बन्धित मतदान केन्द्रबाट उपलब्ध गराइनेछ ।

त्यस्तै, आउँदो मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि स्थानीय तहको चुनावमा मतदाता परिचयपत्र बुझ्न बाँकी रहेकालाई पनि त्यहि मितिमा मतदाता परिचयपत्र वितरण गरिने आयोगले जनाएको छ ।

प्रकाशित : 12 November, 2017

प्रतिक्रिया दिनुहोस्