इलामलाई पहिलो ‘सफा शहर’ बनाउन अभियान

सहयात्रा टिभी

इलाम । गएको वर्ष सरसफाइमा देशको दोस्रो सफा शहर बनेको इलामलाई अब पहिलो सफा शहर बनाउन अभियान नै थालिएको छ ।  नेवा पुच भाषा संस्कृति समाज इलामले यहाँका विभिन्न स्थानको सरसफाइ अभियान शुरु गर्दै पहिलो सफा शहर बनाउने उद्घोष गरेको हो ।

प्लास्टिकजन्य उत्पादित फोहरलाई निश्चित स्थानमा विसर्जन गर्न तथा इलामको हरेक स्थान फोहरमुक्त बनाउन अभियान थालेको समाजका केदार श्रेष्ठले जानकारी दिए ।

कार्यक्रमअन्तर्गत मेची राजमार्गबाट इलामबजार छुट्टिने जिरो पोइन्ट, तिल्केनीमोड, सिंहवाहिनीमोडमा रहेका फोहरलाई व्यवस्थापन गरिएको समाजका किशोर श्रेष्ठले बताए । आगामी दिनमा इलाम सदरमुकामका हरेक क्षेत्रमा समाज पुगेर त्यहाँका स्थानीयवासीसँगै हातेमालो गरी अभियानलाई निरन्तरता दिइने समाजले लक्ष्य राखेको छ ।

प्रकाशित : 12 November, 2017

प्रतिक्रिया दिनुहोस्