बियरको बोत्तलले हानेर सासुको हत्या

सहयात्रा टिभी

जाजरकोट । आमा र सासु उस्तै हुन् भन्ने उखान गाउँघरमा सुनिए पनि सबैतिर यो उखान मेल खाँदैन भन्ने उदाहरण जाजरकोटमा भएको एउटा हत्याको घटनाले देखाएको छ ।

जाजरकोटमा बुहारीले वियरको बोत्तलले हिर्काउँदा सासुकोज्यान गएको छ । सासु–बुहारीको विवादका क्रममा बुहारीले सासुलाई बियरको बोत्तलले हिर्काउँदा ४५ वर्षीया सासुको ज्यान गएको छ । जाजरकोटको भेरी नगरपालिका–१ रिम्ना बजारकी २७ वर्षकी भवानी रानाले सासुलाई वियरको बोत्तलले कन्चटमा हिर्काएको प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए ।

घट्ट बेचेको पैसाको विषयलाई लिएर सासु–बुहारीबिच विवाद भएको जनाइएको छ । हत्यामा संग्लग्न भएको आरोपमा भवानी र मृतकका पति दूधबहादुरलाई पक्राउ गरेर अनुसन्धान थालिएको छ ।

प्रकाशित : 12 November, 2017

प्रतिक्रिया दिनुहोस्