सशस्त्रको गोताखोर परिचालन गरी कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजी जारी

सहयात्रा टिभी

काठमाडौँ । असार १८, दैलेखकको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा दुर्घटना भई बेपत्ता गाडी तथा यात्रुको खोजीकार्य जारी छ ।

बेपत्ता यात्रु र गाडीको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार सशस्त्र प्रहरी बल, नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट आज दिउँसो साढे १ बजे ६ जना गोताखोरसहितको थप टोली परिचालन गरिएको हो।

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको गाडी सडकबाट अन्दाजी ६/७ सय मिटर तल कर्णाली नदीमा खसेको थियो ।

बिहान साढे ११ बजे दुर्घटना भएको खबर पाउनासाथै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा बेस र प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली खटिएको थियो ।

साथै दुर्घटना स्थलबाट करिब ४ सय मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव निकालिएको छ ।

 

 

प्रकाशित : 2 July, 2026

प्रतिक्रिया दिनुहोस्