विप्लवका पाँच कार्यकर्ता समातिए

सहयात्रा टिभी

गोरखा । आसन्न चुनावको शान्ति सुरक्षामा असर पु¥याउन सक्ने भन्दै गोरखा प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृतवको नेकपा माओवादीका पाँच कार्यकर्तालाई सोमबार समातेको छ ।

शनिबार राति गोरखाका पाँच कार्यकर्ता पक्राउ गरिएको प्रहरी उपरीक्षक प्रकाश अधिकारीले जानकारी दिए । अनिल कुमाल, मेघराज कुमाल, भोला भुजेल, राजन भट्ट र कपिल भट्टलाई पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिए । देशका विभिन्न ठाउँमा एम्बुस थाप्ने, बम पड्काउने गतिविधि बढ्न थालेपछि थप दुर्घटना हुन नपाओस् भन्ने उद्देश्यले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गृह मन्त्रालयकै निर्देशनमा पक्राउ गरिएकाले माथिकै निर्देशन अनुसार छाडिने उनले बताए । अन्य नेता, कार्यकर्तालाई पनि तीब्र खोजी गरिएको एसपी अधिकारीले बताए । यसअघि मोरङ, पाँचथर र ताप्लेजुङबाट पनि विप्लव कार्यकर्ता पक्राउ परेका छन् ।

 

प्रकाशित : 12 November, 2017

प्रतिक्रिया दिनुहोस्