शिक्षक सेवा आयोगमा विद्यार्थीको ताला

सहयात्रा टिभी

काठमाण्डौं । शिक्षा ऐनको नवौं संशोधनप्रति असहमति विद्यार्थी संघर्ष समितिले शिक्षक सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेका छन् । संशोधनमा व्यवस्था गरिएको ७५ प्रतिशतको व्यवस्था खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेका वेला आयोगले २१ गते आन्तरिक प्रतिष्पर्धाका लागि विज्ञापन खुलाएपछि त्यसविरुद्ध आयोगको कार्यालयमा सानोठिमीमा तालाबन्दी गरिएको समितिका सह–संयोजक दिग्गज धौरालीले जानकारी गराए ।

आफूहरुले आयोगले निकालेको विज्ञापनलाई तत्कालन रोक्नु पर्ने मागसहित बुझाएको ज्ञापनपत्रको कुनै सुनावाई नभएपछि तालाबन्दी गर्न बाध्य हुनु परेको समितिको भनाइ छ ।

समितिले कुनै पनि सहमति बिना ताला खोलिए कार्यलयमा हुने मानवीय, भौतिक, आर्थिकलगायत सम्पूर्ण प्रकारको क्षतिको जिम्मेवारी आयोग स्वयम् हुनुपर्ने समेत चेतावनी दिइएको छ । नवौं संशोधनबाट ७५ प्रतिशत आन्तरिक प्रतिष्पर्धा गराउने व्यवस्था कायम गरिएपछि लाइसेन्स लिएका सात लाख बढी योग्य उम्मेद्वारहरू प्रतिष्पर्धाबाटै बञ्चित भएको समितिको दावी छ । यस अघि ४९ प्रतिशतको व्यवस्था रहेको थियो ।

प्रकाशित : 12 November, 2017

प्रतिक्रिया दिनुहोस्