‘गिरिजालाई सम्झेर मलाई भोट हाल्नुस्–प्रचण्ड

सहयात्रा टिभी

काठमाण्डौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौताको हस्ताक्षरकर्ता स्व. गिरिजाप्रसाद कोइराला र आफू भएकै कारण कोइरालाको शान्ति स्थापनाको सपना पूरा गर्ने जिम्मा आफ्ना काँधमा रहेको बताएका छन् ।

शान्ति सम्झौतामा हस्ताक्षर गरेका बेला गिरिजाप्रसादको सपना देशमा स्थिरता, विकास र समृति रहेको बताउँदै दाहालले कोइरालाको सपना पूरा गर्ने दायित्व आफ्नो भएको दावी गरे । आफ्नो निर्वाचन क्षेत्र चितवनको मंगलपुरमा आयोजित चुनावीसभामा बोल्दै उनले वामपन्थीको स्थिर सरकार बने मात्र देशको मुहार बदलिने दावी गरे ।

नेपाली कांग्रेसलाई वृहत प्रजातान्त्रिक एकताको बाटोमा आउन आग्रह गर्दै अध्यक्ष प्रचण्डले भने–‘राष्ट्र निर्माणका लागि गिरिजाप्रसाद कोइरालालाई सम्झेर मलाई मतदान गर्न म नेपाली कांग्रेसका कार्यकर्तालाई आग्रह गर्दछु । यस क्षेत्रबाट कांग्रेसका पुराना र संघर्षशील नेता उम्मेद्वार भएको भए मेरो प्रतिष्पर्धी हुने थिए । तर, कांग्रेसको उम्मेद्वार नहुँदा मेरो प्रतिष्पर्धी कोही छैन ।’ दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला उक्त क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रकाशित : 12 November, 2017

प्रतिक्रिया दिनुहोस्