वर्षमान पुनमाथि गोली प्रहार !

सहयात्रा टिभी

रोल्पा । एम्बुस आक्रमण भएको २४ घण्टा नपुग्दै नेकपा माओवादी केन्द्रका नेता एवम् वाम गठबन्धनको तर्फबाट रोल्पाका प्रतिनिधिसभा सदस्य उम्मेद्वार वर्षमान पुन ‘अनन्त’ माथि लक्षित गर्दै गोली प्रहार भएको छ ।

दुईखोला गाउँपालिका–३ केउरी खोलाको जङ्गलबाट अज्ञात व्यक्तिले पेस्तोलबाट गोली हानेको प्रहरीले जनाएको छ । पूर्व अर्थमन्त्री समेत रहेका पुन चढेको वा १५ च ८६२८ नम्बरको गाडीलाई लक्षित गरी एक राउण्ड फायरिङ भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए ।

दुईखोली गाउँपालिका–६ वागमारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा आइतबार बिहान ११ः२५ मा पुनलाई लक्षित गरी गोली प्रहार भएको जनाएको छ । निर्वाचन आयोगले उम्मेद्वार सुरक्षाका लागि सुरक्षा अङ्गलाई सचेत गराई रहेका बेला आक्रमणका घटनाहरु सार्वजनिक भइरहेका छन् ।

प्रकाशित : 12 November, 2017

प्रतिक्रिया दिनुहोस्