इरानमा भूकम्पमा ज्यान गुमाउनेको संख्या दुई सय नाघ्यो

सहयात्रा टिभी

इराक र इरानको उत्तरी सीमा क्षेत्रमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प जाँदा ज्यान गुमाउनेको संख्या दुई सय नाघिसकेको छ । भूकम्पमा ज्यान गुमाउनेको संख्या कम्तिमा दुई सय १४ पुगेको इरानी अधिकारीहरुले बताएका छन् ।

दुई हजार ८ सय भन्दा बढी घाइते भएका छन् । इराक र इरानको उत्तरी सीमा क्षेत्रमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प जाँदा ज्यान गुमाउनेको संख्या दुई सय नाघिसकेको छ । भूकम्पमा ज्यान गुमाउनेको संख्या कम्तिमा दुई सय १४ पुगेको इरानी अधिकारीहरुले बताएका छन् । दुई हजार ८ सय भन्दा बढी घाइते भएका छन् ।  भूकम्पका कारण ज्यान गुमाउनेमा अधिकांश इरानको पश्चिमी क्षेत्रका नागरिक छन् ।

इराकमा कम्तिमा सात जनाको ज्यान गएको बिबिसीले उल्लेख गरेको छ । इरानमा भूकम्पका कारण ७० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् । भूकम्प गएसँगै मानिसहरु घरबाट बाहिर सडकमा निस्किरहेका छन् । अहिले दुवै देशमा उद्धारको काम चलिरहेको छ । इराकको राजधानी बग्दादमा धेरै सर्वसाधरणले प्रार्थना गरिरहेका छन् । इरानी समाचार संस्था आइआरआइएनएनले उद्धार टोलीलाई देशको पश्चिमी भागतिर तैनाथ गरिएको जनाएको छ ।

रानको रेड क्रिसेन्ट नामक संस्थाका प्रमुख मोर्टेजो सलिमले कम्तीमा पनि ८ वटा गाउँहरुमा क्षति भएको खबर आएको जानकारी दिएका छन् । अरु गाउँमा बिजुली आपूर्ति बन्द भएको छ भने त्यहाँको सञ्चार सेवा पनि अवरुद्ध छ । भूकम्पको धक्का टर्की र इजरायलमा पनि महसुस गरिएको थियो । आइतबार बेलुकी इराकी शहर हलब्जा केन्द्रीत भएर भूकम्प गएको अमेरिकी भू वैज्ञानिक सर्वेक्षण यूएसजीएसले जनाएको छ । एजेन्सी

प्रकाशित : 13 November, 2017

प्रतिक्रिया दिनुहोस्