६० वर्षपछि विश्वकपबाट बाहिरियो इटली, गोलरक्षक बफोनले लिए सन्यास

सहयात्रा टिभी

चार पटक विश्वकप फुटवलको उपाधि उचालेको इटली अर्को वर्ष रसियामा हुने वश्वकपमा छनोट हुन असफल भएको छ । सन् २००६ मा विश्वकप विजेता बनेको इटली ६० वर्षपछि यस पटक विश्वकपको छनौटमै पर्न असफल भएको हो ।

युरोपेली प्लेअफ अन्तर्गत स्वीडेनसँग दुई लेगको खेलमा १–० ले पराजित भएपछि इटली विश्वकप खेल्नबाट बञ्चित भएको हो ।चार पटक विश्वकप फुटवलको उपाधि उचालेको इटली अर्को वर्ष रसियामा हुने वश्वकपमा छनोट हुन असफल भएको छ । सन् २००६ मा विश्वकप विजेता बनेको इटली ६० वर्षपछि यस पटक विश्वकपको छनौटमै पर्न असफल भएको हो । युरोपेली प्लेअफ अन्तर्गत स्वीडेनसँग दुई लेगको खेलमा १–० ले पराजित भएपछि इटली विश्वकप खेल्नबाट बञ्चित भएको हो । दोस्रो लेग गोलरहित बराबरीमा सकिएपछि पहिलो लेगको नतिजा नै स्वीडेनलाई विश्वकप पु¥याउन पर्याप्त बन्यो ।

पछिल्लो पटक इटली १९५८ को विश्वकपमा छनोट हुन सकेको थिएन । अहिलेसम्म भएका २० मध्ये इटलीले १८ विश्वकप खेल्दै चार पटक उपाधि जितेको थियो । सन् १९३० को पहिलो र १९५८ को विश्वकप मात्र इटलीले खेलेको थिएन । यस्तै रुसमा हुने विश्वकपमा छनोट नहुने इटली एक मात्र पूर्व विजेता समेत बनेको छ । पाँच पटकको विजेता ब्राजिल चार पटकको विजेता जर्मनीसँगै २–२ पटकको विजेता अर्जेन्टिना र उरुग्वे तथा १–१ पटकको विजेता इंगल्याण्ड, फ्रान्स र स्पेन सबैले अर्को वर्ष हुने विश्वकपको टिकट काटिसकेका छन् ।

यता इटलीका भेट्रान गोलरक्षक जियानलुजी बफोनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । अन्तिम पटक विश्वकप खेल्ने योजना बनाइरहेका बुफोनले उनको राष्ट्र इटली नै विश्वकपमा छनोट हुन नसकेपछि सन्यास लिएका हुन् । बफोनले सन् २००६ मा इटलीका लागि विश्वकप विजेता थिए । ‘यो दुःख छ की मेरो अन्तिम खेलमा विश्वकपका लागि छनोट हुन नसक्नु संयोग रह्यो’–३९ वर्षे बफोनले भने । बफोनसँगै उनको युभन्ट्स सहकर्मी आन्द्रे बार्जाली र रोमा मिडफिल्डर डयानिएल डे रोसीले पनि सन्यास घोषणा गरेका छन् । दुई दशक लामो करियरमा बुफोनले इटलीका लागि १७५ खेल खेलेका छन् । उनी इटलीका लागि सर्वाधिक खेल खेल्ने खेलाडी समेत हुन् । बफोनले सन् १९९७ मा रुसविरुद्ध इटलीका लागि डेब्यु गरेका थिए ।

प्रकाशित : 14 November, 2017

प्रतिक्रिया दिनुहोस्