इलाम, चितवन, नवलपरासी र बुढानिलकण्ठमा गाडी दुर्घटना, सात जनाको मृत्यु

सहयात्रा टिभी

काठमाण्डौं । इलाम, नवलपरासी र बुढानिलकण्ठमा आज भएको छुट्टा–छुट्टै सडक दुर्घटनामा पाँच जनाको ज्यान गएको छ । हेटौंडाबाट नवलपरासीतर्फ जाँदै गरेको ना ३३ प ४६४८ नम्बरको मोटरसाइकललाई ना ७ ख ४८०७ नम्बरको टिपरले मकवानपुरमा हेटौंडा—नारायणघाट सडकखण्डको लेवट (बसामाडी) मा ठक्कर दिंदा मोटरसाइकल चालक र पछाडि बस्ने एक महिलासहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपरासी जिल्ला गैंडाकोट नगरपालिका–ं७ बस्ने ३० वर्षीय अनिल जिसी र २३ वर्षीया पुनम विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी, त्रिभुवन राजपथको सामरीमा ना ६ त १०५१ नम्बरको ट्याक्टरले एक पैदलयात्रुलाई आज बिहान ४ बजे ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौँडा उपनगरपालिका–१५ बस्ने १९ वर्षीय आकाश लोप्चन रहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ । यता मेची राजमार्गमा पर्ने इलामको रोङ गाउँपालिका–१ कोल्बुङमा ट्रक दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । ना ४ ख ३६९ नम्बरको ट्रक मंगलबार साँझ दुर्घटनामा परी चालक इलाम नगरपालिका–४ बस्ने ४० वर्षीय भीम नेम्वाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

ट्रकमा नै रहेका इलाम नगरपालिका—१० गोदकका सिंहराज महत र सुनसरी जिल्ला दुहवीका करन ऋषिदेव घाइते भएका छन् । उनीहरुको झापाको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुको अवस्था सुधार उन्मुख रहेको बताइएको छ ।झापाबाट इलामतर्फ रोलर बोकेर ल्याउँदै गरेको सो ट्रक सडकबाट करिब १५० मिटर तल खसेको बताइएको छ ।यस्तै यसैबीच, पूर्वी चितवनको कालिका नगरपालिका–२ स्थित लंकालाइनमा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् ।

प्रकाशित : 15 November, 2017

प्रतिक्रिया दिनुहोस्