विप्लवका पाँच कार्यकर्ता पक्राउ

सहयात्रा टिभी

सुनसरी । आसन्न निर्वाचनमा चुनावमा अवरोध पु¥याउन सक्ने भन्दै निगरानी बढाइरहेका बेला नेत्रविक्रम चन्द (विप्लव) नेकपा माओवादीका पाँच कार्यकर्ता सुनसरीको इटहरीमा पक्राउ परेका छन् ।

सुनसरीमा पनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेद्वारको चुनाव प्रचार–प्रसारमा आक्रमण हुन सक्ने खतराप्रति संवेदनशीलता अपनाउँदै विप्लव माओवादीका पाँच जना नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चुनावमा अशान्ति फैलाउन सक्ने सम्भावित खतरालाई ध्यान दिँदै सुनसरी प्रहरीले बराहक्षेत्र–३ बाट इन्द्रबहादुर राई, धरान–१७ बाट जयकुमार राई, इटहरी–९ बाट रोशन ढकाल र लक्ष्मण कार्की तथा इटहरी–५ बाट रामप्रसाद राईलाई पक्राउ गरेको सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए । पक्राउ परेका विप्लव माओवादी नेता तथा कार्यकर्तामाथि सोधखोज र अनुसन्धान कार्य भइरहेको जानकारी दिँदै उनीहरुबाट हुन सक्ने खतराप्रतिको संवेदनशीलतामा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाइएको उनले बताए ।

प्रकाशित : 16 November, 2017

प्रतिक्रिया दिनुहोस्