त्रिचन्द्रको पुस्तकालयमा शंकास्पद बस्तु भेटियो

सहयात्रा टिभी

काठमाण्डौं । काठमाडौंस्थित त्रि–चन्द्र कलेजको केन्द्रीय पुस्तकालयमा शंकास्पद वस्तु फेला परेको छ । भेटिएको शंकास्पद वस्तुका कारण सुरक्षालाई ध्यानमा राखेर उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई डाइभर्सन गरेर चलाइएको छ ।

केशरमहल र रानीपोखरीबाट जमल हुँदै तीनधारा पाठशालातर्फ आउने सवारी साधनलाई डाइभर्सन गरिएको प्रहरीले जनाएको छ । केशरमहलबाटै गरिएको डाइभर्सनले गर्दा यतिबेला लैनचौर र ठमेलबाट केशरमहलतर्फ आउने सवारी साधन सामान्य जाममा छन् ।

त्यस्तै जमलबाट पनि गरिएको सवारी डाइभर्सनका कारण जमल क्षेत्रमा पनि सवारी साधन जाममा रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । शंकास्पद वस्तुलाई निस्क्रिय गर्न नेपाली सेनाको डिस्पोज टिमसँग समन्वय भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

प्रकाशित : 1 December, 2017

प्रतिक्रिया दिनुहोस्