४५ जिल्लामा ८८ सुक्ष्म अनुगमनकर्ता

सहयात्रा टिभी

काठमाण्डौं । निर्वाचन आयोगले यही मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि आज (शुक्रबार) देखि सुक्ष्म अनुगमनकर्ता खटाएको छ ।

आयोगले बिहीबार ८८ जना उपसचिवलाई अभिमुखिकरण तालिम दिएर शुक्रबारबाट फिल्डमा खटाएको छ । यी अनुगमनकर्ताले दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा उम्मेद्वारहरुको चुनावी प्रचार–प्रसार, आचारसंहिता पालनाको अवस्थालगायतका विषयमा अनुगमन गर्नेछन् ।

अनुगमनको क्रममा आचारसंहिता विपरीतका घटना देखिए तत्काल निर्वाचन आयोगलाई प्रतिवेदन बुझाउने र आयोगले पनि तत्कालै कार्वाही गर्ने जनाइएको छ । सुक्ष्म अनुगमनकर्ताहरु मंसिर २२ गतेसम्म फिल्डमा रहने छन् ।

प्रकाशित : 1 December, 2017

प्रतिक्रिया दिनुहोस्