वडा कार्यालयमा बम विष्फोट
सहयात्रा टिभी
भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको ५ नम्बर वडा कार्यालयमा बम विष्फोट भएको छ । बम विस्फोटबाट वडा कार्यालय र त्यससँगै रहेको नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखा कार्यालय भवनमा क्षति पुगेको छ ।
आइतबार बिहानपख दुई बजे ग्रिनेट विष्फोट भएको थियो चितवन प्रहरीलेजानकारी दिएको छ । मंसिर २१ गते हुन लागेको चुनावको मतदानको केन्द्र यही वड कार्यालयमा राखिएको छ । वडा अध्यक्ष पदमपाणि सुवेदीले वडा कार्यालय, रेडक्रस कार्यालय र वरपरका सर्वसाधारणको घरका झ्यालका सिसा फुटेको जनाए । वडाध्यक्ष सुवेदीको घर अगाडि फेला परेको एउटा बम नेपाली सेनाको टोलीले निस्क्रिय बनाएको छ ।