१० किलो सुनसहित एक जना पक्राउ

सहयात्रा टिभी

काठमाण्डौं । काठमाण्डौंको बालाजुबाट १० किलो अवैध सुनसहित एक व्यक्ति प्रहरीले पक्राउ परेका छन् । रसुवाको केरुङ नाकाबाट भित्र्याइएको १० किलो सुनसहित एक व्यक्तिलाई पक्राउ गरिएको बालाजु प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकलको साइलेन्सरभित्र लुकाएर सुन ल्याउँदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा जाँच गर्दा उनलाई शनिबार साँझ सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।घटनाको बारेमा आज (आइतबार) दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने प्रहरीले बताएको छ ।

प्रकाशित : 3 December, 2017

प्रतिक्रिया दिनुहोस्