केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दोस्रो चरणको चुनावमा एक लाख ७५ हजार कर्मचारी

सहयात्रा टिभी

काठमाण्डौं । दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि एक लाख ७५ हजार कर्मचारी खट्ने भएका छन् । निर्वाचन आयोगले चुनावका लागि आज (आइतबार) बाट कर्मचारी खटाइने जनाएको छ ।

आउँदो बिहीवार हुने दोस्रो चरणको निर्वाचनका लागि खटिने कर्मचारी सदरमुकामबाट निर्वाचन सामाग्री बुझेर मतदान केन्द्रमा खटिन लागेका हुन । प्रत्येक मतदान केन्द्रमा ७ देखि ९ जना कर्मचारी खटाइएको आयोगले जानकारी दिएको छ । आयोगले कर्मचारीलाई निर्वाचनका लागि चाहिने मतपेटिका, मतपत्र, मतदाता परिचयपत्र, स्वस्तिक छाप, मसीलगायत ६७ सामाग्रीसहित मतदान केन्द्रमा खटाउन लागेको हो ।

सात हजार ७५२ स्थलका १५ हजार ३४४ मतदान केन्द्रका लागि आयोगले कर्मचारी खटाएको हो । मतदान केन्द्रमा खटिने कर्मचारीले मंगलवार र बुधबार मतदान केन्द्र निर्माण गर्ने कार्यतालिका छ । उनीहरुले मतदाता शिक्षा कार्यक्रम चलाउनुका साथै मतदाता परिचय–पत्र समेत वितरण गर्नेछन् । दोस्रो चरणको निर्वाचनका लागि एक करोड २२ लाखभन्दा बढी मतदाताले प्रतिनिधि सभातर्फ १२८ र प्रदेश सभातर्फ २५६ सिटका लागि मतदान गर्नेछन । पहिलो चरण अन्तर्गत ३२ जिल्लामा भएका चुनावमा करीब ३२ लाख मतदाताले ४ हजार ४६५ मतदान स्थलबाट मतदान गरेका थिए । दोस्रो चरणमा भने १५ हजारभन्दा बढी मतदान केन्द्र कायम गरिएको छ ।

प्रकाशित : 3 December, 2017

प्रतिक्रिया दिनुहोस्